ओलीविरुध्द फेसबुकमा लेख्दा सीधै अस्पताल

ओलीविरुध्द फेसबुकमा लेख्दा सीधै अस्पताल

नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको विरोधमा फेसबुकमा लेख्दा अनेरास्ववियु र नेविसंघको झगडा परेपछि एक जना गम्भिर घाइते भएका छन् ।

आज काठमाण्डौँ महानगरपालिका १७ क्षेत्रपाटी धोबिचौरस्थित पब्लिक युथ क्याम्पसमा झगडा पर्दा नेपाल विद्यार्थी संघका नेता बलराम उप्रेती गम्भिर घाइते भएका हुन् ।

नेविसंघ पब्लिक युथ क्याम्पस ईकाई कमिटीका सदस्य तथा विद्यार्थी नेता उप्रेतीले आफ्नो फेसबुक स्टाटसमा एमाले अध्यक्ष केपी ओलीबारे नराम्रो कमेन्ट गरेको भन्दै अनेरास्ववियुका नेता निराजन शाही र उनीवीच बिहान करिब १० बजेको समयमा झगडा भएको थियो ।

झगडाबाट घाइते भएका उप्रेतीलाई हाल वीर हस्पिटल ट्रमा सेन्टर लगिएको छ । त्यस्तै, अनेरास्ववियुका नेता शाहीलाई सोह्रखुट्टे प्रहरीले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू