लाटो देशमा लफडै लफडा

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वनिर्देशक मीना श्रेष्ठलाई हाल कामु महानिर्देशकको जिम्मा दिइएको छ । रिसेप्सनमा फोन गरेर महानिर्देशकज्यूलाई पाऊँ न भन्यो भने उहाँकै डाइरेक्ट नम्बरमा गर्नुस् भन्ने खबर पाइन्छ । उहाँको लाइनमा सम्पर्क हँुदैन, मोबाइल पनि उठ्दैन । उवाम संघसम्बन्धी जानकारी र कामका लागि खोज्दा सहायक निर्देशकमार्फत खबर गर्छु भन्ने तर खबर गर्नु त कता–कता दिनभर फोन नलाग्ने ।

बल्ल–बल्ल मोबाइल उठ्दा ‘मलाई थाहा छैन भनेर फोन काटिदिने । फेरि  फलोअपका लागि उवाम संघमै फोन गर्दा मेडमको बिर्सने बानी छ बिर्सनुभयो होला भन्ने खबर कर्मचारीबाट पाइने । महानिर्देशकज्यूका सहायक निर्देशक मात्र ९ जना छन् भने तल्लो तहका कर्मचारी त कति हो कति † त्यति धेरै कर्मचारी भएको र धेरै दायित्व रहेको उवामसंघमा एउटा सानो कामका लागि महानिर्देशकज्यूलाई यत्रो हम्मे–हम्मे किन ? सबै काम उनले गर्नुपर्ने र सम्झनुपर्ने होइन तर सहायक राखेपछि काम र सूचना त हुनुपर्ने हाु !

त्यत्रो जिम्मेवारी लिएको महासंघले सामान्य संस्थाले भन्दा पनि जिम्मेवारीहीन काम गर्न सुहाउन्न कि ? कर्मचारी त्यतिका छन् सबैको काम व्यस्त पनि देखिन्न ।

टिप्पणीहरू