पत्रकार महासंघलाई युएई शाखाको ५० हजार आर्थिक सहयोग

पत्रकार महासंघलाई युएई शाखाको ५० हजार आर्थिक सहयोग

युएई शाखाका निवर्तमान अध्यक्ष भुपराज बस्याल र युएईबाट नेपाल फर्किएका पत्रकारहरुको उपस्थितिमा महासंघले निर्माण गरेको कोभिड तथा आपतकालिन कोषको निम्ति युएई शाखाले आर्थिक सहयोग गरेको छ ।

आज युएई शाखाले महासंघलाई ५० हजार रुपैयाँ हस्तान्तरण गरेको हो । महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले युएई शाखाले आपतकालिन कोषको लागि गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभएको छ ।सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै उपाध्यक्ष विष्टले महासंघले शुरु गरेको कोषका लागि प्रवासका शाखाहरु महत्वपूर्ण सहयोगी हुने आशा समेत व्यक्त गर्नुभएको छ ।

टिप्पणीहरू