कोहलपुरमा माओवादीको प्रशिक्षण भटाभट

कोहलपुरमा माओवादीको प्रशिक्षण भटाभट

नेकपा (माओवादी केन्द्र)ले वडा तहसम्मै कार्यकर्ता प्रशिक्षण शुरु गरेको छ । पार्टीको नीति,निर्देशन, जनवादी शिक्षा र वैचारिक धारका बारेमा कार्यकर्ता पंक्तिमा देखिएको अन्योल हटाउन प्रशिक्षण चलाइएको माओवादीले जनाएको छ ।

देशव्यापी प्रशिक्षण चलाउने तयारी गरिरहेको माओवादीले आज बाँकेको कोहलपुर-११ स्थित सहिद स्मृति भवनमा कोहलपुर नगरस्तरीय प्रशिक्षण शुरु गरेको हो ।नगर र वडास्तरका एक सय कार्यकर्ता सहभागी कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य नरेन्द्र न्यौपाने, कोहलपुर नगर कमिटी अध्यक्ष तुलराज बिष्ट बिहानी,नगर सचिव बलबहादुर खड्का अविरल,नगर कमिटी सदस्य रेणुका खड्का, अर्जुन पौडेललगायतका नेताले प्रशिक्षण दिएका छन् ।

प्रशिक्षण आगामी साउन १६ गतेसम्म चल्ने बताइएको छ ।

टिप्पणीहरू