बागलुङको ओढारमा बाइस बन्दुक

बागलुङको ओढारमा बाइस बन्दुक

-राजेशचन्द्र राजभण्डारी
बागलुङ जिल्ला तमानखोला गाउँपालिकाका दुई स्थानमा हिजो २२ थान भरुवा बन्दुक भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार तमानखोला गाउँपालिका–४ को लाममेलास्थित घट्टेखोला नजिकै रहेको ओढारमा लुकाई राखिएको अवस्थामा १२ थान एकनाले बन्दुक भेटिएको छ । वडा नम्बर ३ मार्केखोलाको ओढारमा लुकाई राखेको अवस्थामा १० थानसहित २२ थान एक नाले भरुवा बन्दुक भेटिएको हो ।

प्रहरी चौकी बोङ्गादोभानबाट प्रहरी सहायक निरीक्षक पदमबहादुर नेपालीको कमाण्डमा ३ जनाको प्रहरी टोलीले गस्ति गर्दै जाने क्रममा बन्दुक भेटिएको बताइएको छ ।

बन्दुक कसले र किन राख्यो भन्ने बारे जानकारी नभएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख कृष्णबहादुर पल्ली मगरले बताए ।

टिप्पणीहरू