काठमाडौंमा स्थायी खोप केन्द्र तोकियो

काठमाडौंमा स्थायी खोप केन्द्र तोकियो

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज सबैलाई सहज तरिकाले कोभिड १९ को खोप उपलब्ध गराउने लगायतका ५ वटा निर्णय गरेको छ । जसअन्तर्गत काठमाडौंको सामाखुशीस्थित राधास्वामी आइसोलेसन सेन्टरलाई स्थायी खोप केन्द्र बनाउने निर्णय गरिएको छ ।

यस्तै विदेश जाने श्रमिक तथा विद्यार्थीहरुका लागि नेपाल प्रहरी अस्पताल र सैनिक अस्पताललाई नियमित खोप केन्द्रको रुपमा तोकेको छ । संस्थागत रुपमा खोप लगाउने माग भएमा खोप लगाउने समयमा संस्थाको नजिकका खोप केन्द्रमा खोप लगाउने व्यवस्था मिलाउने पनि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले भनेको छ ।

आगामी दिनमा ४५ देखि ४९ वर्ष उमेर समूहका लागि तीन लाख डोज भेरोसेल खोप जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा विभागसँग माग गर्ने बताएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय र काठमाडौं महानगरपालिकाको समन्वयमा खोप केन्द्रमा आवश्यक भ्याक्सिनेटरको व्यवस्था मिलाउँदै खोप कार्यक्रम सञ्चालन गर्ने पनि प्रशासनले निर्णय गरेको छ ।

 

टिप्पणीहरू