हेलचेक्रयाईं गरे पुनः दुई महिनाअघिको स्थितिमा पुग्न सक्छौँ : ललितपुर सिडिओ

हेलचेक्रयाईं गरे पुनः दुई महिनाअघिको स्थितिमा पुग्न सक्छौँ : ललितपुर सिडिओ

कोरोना महामारीको दोस्रो लहरका कारण जारी निषेधाज्ञा काठमाडौं उपत्यकामा थप दश दिन लम्बिएको छ । पछिल्लो समय केही खुकुलो बन्दै गएको निषेधाज्ञालाई कोरोना महामारी दिन प्रतिदिन बढ्दै जान थालेपछि यथावत राखिएको बताइएको छ ।

आज बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना महामारी बढ्न थालेको बताउँदै अहिलेलाई शिक्षण तथा मनोरञ्जनलगायतका क्षेत्रहरु नेखोलिने गरी अगाडी बढेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताउनुभएको छ । उहाँका अनुसार अहिलेको गतिमा महामारी फैलँदै गए फेरी दुई महिना अगाडिको अवस्थामा फर्कनुपर्ने बताउनुभएको हो ।

महामारी बढ्न थालेपछि अझै पनि सबै प्रकारका सभा, सम्मेलन र मनोरञ्जनका क्षेत्रलाई सञ्चालनमा रोक लगाइएको छ । खेलकुद, भोजभतेर, जुलुश, जात्रा र अन्य भिडभाडका कार्यक्रममा लगाइएको रोक पनि यथावत छ । त्यस्तै पछिल्लो समय देखा परेका र्याली र शक्ति प्रदर्शनलाई लक्षित गर्दै र्याली, जुलुसलगायतका कार्य गर्न प्रतिबन्ध लगाइएको पनि निरौलाले बताउनुभयो ।

त्यसैगरी, मठमन्दिर गरिने नित्यपूजा बाहेक सबै धार्मिक गतिबिधिमा लगाइएको रोक यथावत छ । विद्यालय र शिक्षालय सबै बन्द छन् ।

टिप्पणीहरू