बारम्बार किन बाटो बिराउनु ?

सेभ द चिल्ड्रेनले ग्लोबल फण्डको अनुदानबाट क्षयरोगको क्षेत्रमा काम गर्न इच्छुक संस्थाहरुबाट आशयपत्र अक्टोबर २०१६ मा आह्वान गरेको थियो । जसबाट ब्रिटेन नेपाल मेडिकल ट्रष्ट र स्वास्थ्य अनुसन्धान तथा सामाजिक विकास मञ्चजस्ता संस्थाहरू दुई वर्षका लागि छनौट भएका छन् । २०१४ मार्चमा पनि यी दुई संस्था भक्तपुरबाट छानिएका थिए । जबकि ग्लोबल फण्डको मिति २३ सेप्टेम्बर २०१४ को इमेलमा बिएनएमटी÷एचईआरडीलगायत यसरी छानिएका संस्थाहरुलाई अयोग्य ठह¥याउनुका साथै अनुदानस्वरुप प्राप्त रकमसमेत फिर्ता गर्नुपर्ने उल्लेख छ । यसरी २०१४ मा छनोट भएका ब्रिटेन नेपाल मेडिकल ट्रष्ट– रु.८९,९२,००० (पूर्वाञ्चल), रु.७८,६३,००० (मध्यपश्चिमाञ्चल), स्वास्थ्य अनुसन्धान तथा सामाजिक विकास मञ्च– रु.९७,७०,५००, फेथ– रु.८३,१३,००० र जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्थाले– रु. ६,५९,८०० गरी जम्मा रु. ३ करोड १७ लाख ६६ हजार फिर्ता गर्नुपर्ने छ ।

दाताको इमेलका साथै राष्ट्रिय क्षयरोग केन्द्रको मिति २०७१÷०७÷०४ च.नं. १४० को पत्रानुसार पनि उपरोक्त संस्थाहरुलाई रकम फिर्ता गर्न जानकारी गराइएको छ । यसरी २०१४ मा राष्ट्रिय क्षयरोग केन्द्रसँग गरेको सम्झौताको अनुच्छेद र (उपदफा ङ, च, छ र ज) अनुच्छेद ७ (उपदफा च) अनुसार ग्लोबल फण्डलाई रकम फिर्ता गर्नुपर्ने ठाउँमा यस्ता संस्थालाई सोही अनुदानअन्तर्गत पुरस्कृत गरिएको छ । राष्ट्रिय क्षयरोग केन्द्र ठिमी, भक्तपुरले रकम असुलीको लागि कुनै अग्रसरता देखाएको छैन ।

टिप्पणीहरू