पहिरोपछि महाकाली राजमार्ग अवरुद्ध

पहिरोपछि महाकाली राजमार्ग अवरुद्ध

बैतडीमा पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ । आज बिहान साढे ८ बजेको समयमा दोगडाकेदार गाउँपालिका ४, बसालीमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

राजमार्गअन्तर्गत बैतडीको सतंबाज–गोकुलेश्वर सडकखण्डमा ढुङ्गासहित पहिरो गएको बताइएको छ । लगातारको वर्षाका कारण देशभरका अधिकांश सडकखण्डहरु पहिरोले अवरुद्ध हुँदै आएका छन् ।

टिप्पणीहरू