ब्राउन सुगर र लागू औषधसहित तीन पक्राउ « Jana Aastha News Online
Logo
५ माघ २०७८, बुधबार
|  Wed Jan 19 2022

ब्राउन सुगर र लागू औषधसहित तीन पक्राउ

प्रकाशित मिति :  ७ श्रावण २०७८, बिहीबार १३:१५


प्रहरीले लागू औषधको कारोबारमा सँलग्न भएको आरोपमा दुई युवालाई समातेको छ । प्रहरीका अनुसार उदयपुर त्रियुगा नगरपालिका ३ त्रियुगा पुल नजिकबाट लागूऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही स्थानका २१ बर्षीय कृष्ण चौधरी र २० बर्षीय धीरज चौधरी रहेका छन् । हिजो दिउँसो ३ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीले उनीहरुलाई लागूऔषध ब्राउन सुगर ७४० मिलीग्राम सहित पक्राउ गरेको थियो । पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताउनु भयो ।

यसैगरी प्रतिवन्धित लागू औषध सहित सुनसरी धरान उपमहानगरपालिका ८ तीनकुने बाट धरान १६ का १९ बर्षीय कुमार तामाङ पक्राउ परेका छन् । प्रहरीले उनको साथबाट प्रतिबन्धित औषधी स्पास्पेन १५०० ट्याव्लेट र ट्रमोल ५० ट्याव्लेट बरामद गरेको छ । तामाङ्लाई हिजो राती ८ बजे अस्थाई प्रहरी पोष्ट तीनकुने धरानको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङउपर थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरीका प्रवक्ता एसपी नविनराज राईले बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस !