भोलि पुष्पलाल स्मृति दिवस,पर्सि प्रवचन

भोलि पुष्पलाल स्मृति दिवस,पर्सि प्रवचन

नेकपा एमालेका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस भोलि मनाईंदैछ । कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल पार्कमा बिहान साढे ७ बजे आयोजना हुने कार्यक्रमको प्रमुख अतिथि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल हुनुहुन्छ ।

भोलि बिहानको कार्यक्रममा डा.बेदुराम भुसाल,डा. माधव पन्थी र डा. ढाकाराम सापकोटाद्वारा संयुक्त रुपमा लिखित पुष्पलाल श्रेष्ठको जीवनीमा आधारित पुस्तक ‘नेपाल रत्न पुष्पलाल’ को विमोचन हुने छ । नेपाल पुष्पलाल प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ ।त्यसैगरी पुष्पलाल मित्रता केन्द्रले शुक्रबार नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रमको आयोजना गर्ने भएको छ ।

कार्यक्रममा नेता नेपाललगायत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,मोहन वैद्य किरण,चित्रबहादुर केसी,नेत्रविक्रम चन्द,चन्द्रदेव जोशी,अष्टलक्ष्मी शाक्यलगायतका अतिथिहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रवचन कार्यक्रम पर्सि साउन ८ गते दिउँसो साढे १२ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय, च्यासल ललितपुरमा आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ ।

टिप्पणीहरू