काँग्रेस कार्यालयमा आमरण अनसन जारी

काँग्रेस कार्यालयमा आमरण अनसन जारी

नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालय,सानेपामा आज पनि आमरण अनसन शुरु भएको छ । क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीविरुद्ध पहिले धर्ना र अहिले आमरण अनशन कार्यक्रम हुँदै आएको हो ।

बारा,धनुषा र सर्लाहीका पूर्व सांसद, पूर्व जिल्ला सभापतिहरुको सहभागितामा हुँदै आएको आमरण अनसनकारीलाई भेट्न हिजो काँग्रेसका केन्द्रीय नेताहरु पार्टी कार्यालय पुगेका थिए ।

हिजो आमरण अनशनमा बसेका अनसनकारीलाई भेटेर माग पूरा हुने आश्वासन दिएका नेताहरुमा प्रकाशमान सिंह,डा. शेखर कोइराला,एनपी साउद, अमरेशकुमार सिंह र धनराज गुरुङ हुनुहुन्थ्यो ।

टिप्पणीहरू