महन्थ ठाकुरको यता पनि माग

महन्थ ठाकुरको यता पनि माग

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूहरूले विभिन्न मुद्दाका आरोपितलाई छुटाउने,नागरिकता विधेयक र संविधान संशोधनलगायतका शर्त मान्ने गरी विश्वासको मत दिएको सम्झाउनुभएको छ ।

राज्यको सम्पूर्ण निकाय तथा संवैधानिक अंगहरूमा संवैधानिक व्यवस्थाअनुसार पूर्णसमानुपातिक समावेशी सिद्धान्तको आधारमा नियुक्ति गर्न गराउन उहाँले माग गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि जारी वक्तव्यमा ठाकुरले कोरोना महामारीसँग जुध्न तत्काल अनिवार्य निःशुल्क खोपको व्यवस्था गर्नुपर्ने,महामारीबाट ज्यान गुमाउने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,कर्मचारी परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, गरिबीको रेखामुनि रहेका नागरिकहरूको लागि समेत आर्थिक राहतको प्याकेज अविलम्ब घोषणा गर्नुपर्ने उसको सरकारसँग माग छ ।

उहाँले नेपाल-भारत सीमानामा आवत जावतको सहजताका लागि सरकारसँग आवश्यक प्रबन्ध गर्न पनि माग गर्नुभएको छ ।

टिप्पणीहरू