युएईबाट २० जना नेपालीको उद्धार, २२ लाई निःशुल्क हवाई टिकट

युएईबाट २० जना नेपालीको उद्धार, २२ लाई निःशुल्क हवाई टिकट

एनआरएनए युएईले विभिन्न समस्यामा परेका थप २० जना नेपालीको उद्धार गरेको छ । एक वर्ष अगाडिदेखि भिसा सकिएको, कामविहीन भएका, भिजिट भिसामा आएर समस्यामा परेका, विभिन्न कारण परेर आउट पास लिएर नेपाल फर्किनु पर्ने अवस्थाका २० नेपालीहरु आज नेपाल आइपुगेका छन् ।

नेपाल आएका सबैको होटेल क्वारेन्टाइनको व्यवस्थापन समेत एनआरएनएले नै गर्ने परियोजनाका संयोजक राजेन्द्रकुमार राउतले बताएका छन् ।

अन्तर्राष्ट्रिय हवाई उडान अवरुद्धहुँदा युएईमा समस्यामा परेका केही नेपालीलाई सोही अभियानअन्तर्गत जेठ ७ गते अबुधाबीको मफरकमा रहेको एक कम्पनीमा कार्यरत ८० जनालाई खाद्यान्न सहयोग गरिएको बताइएको छ । लगत्तै अबुधाबी, अलएन र दुबईमा चार समूहका १५ जना नेपाली कामदारलाई समेत खाद्यान्न वितरण गरिएको जानकारी दिइएको छ ।यसअघि असार ४ गते पनि एनआरएनए युएईले ३५ जना नेपालीको उद्धार गरेको थियो । युएईलगायत अन्य देशमा रोजगारीमा रहेको अवस्थामा श्रम सम्बन्धि समस्या उत्पन्न भएमा नेपाल फिर्तीको लागि निःशुल्क हवाई टिकट र अन्य सबै सेवाहरु प्रदान गरिने भएकाले एनआरएनएका विभिन्न देशमा रहेका पदाधिकारीलाई समेत सम्पर्क गर्न राउतले सुझाएका छन् ।

– रामप्रसाद ढुंगेल, दुबइ ।

टिप्पणीहरू