हाडनाता करणीका फरार दोषी पक्राउ

हाडनाता करणीका फरार दोषी पक्राउ

हाडनाता करणी मुद्दामा ४ वर्षदेखि फरार एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

रङ्गेली नगरपालिका–३ बस्ने ४६ वर्षीय रोहित विश्वकर्मालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले आज अमरदह नगरपालिका–१, खैरबारीमा समातेको हो ।

हाडनाता करणी मुद्दामा उच्च अदालत बिराटनगरले उनलाई २०७४ असार २८ गते १७ वर्ष कैद र २ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो । अदालतको ठहरपछि उनी बेपत्ता भएका थिए ।

विश्वकर्मालाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत मोरङमा पेश गरिएको पठाइएको छ ।

टिप्पणीहरू