वामदेव अनुपस्थित,भीमको आग्रह ‘बैठक रोक्नोस्’,ओलीको जवाफ, ‘ल बैठक अघि बढ्यो’

वामदेव अनुपस्थित,भीमको आग्रह ‘बैठक रोक्नोस्’,ओलीको जवाफ, ‘ल बैठक अघि बढ्यो’

आज बिहान बसेको एमाले संस्थापन पक्षको स्थायी समिति बैठकमा उपाध्यक्ष वामदेव गौतम जानुभएन । पार्टी एकतालाई अघि बढाउने प्रक्रिया अघि बढेकोमा उत्साहित हुनुभएका गौतम अघिल्लो पटक बालुवाटारमा आयोजित बैठकमा भने जानुभएको थियो ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बसेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय नेताहरुमध्ये कार्यदलमा रहनुभएका स्थायी समिति सदस्यहरु पुग्नुभएको हो । पार्टी एकतालाई अघि बढाउन बैठक एकपक्षीय ढंगले अघि नबढाइयोस् भन्दै उपाध्यक्ष भीम रावलले प्रारम्भमै उठेर एकता अभियान,त्यसको मर्म र हालसम्मको प्रगतिवारे बोल्नुभएको थियो ।

“आज संसदीय दलको बैठकमा ओलीनिकटस्थ माननीयहरुमध्ये करिव ७० जनाको उपस्थिति थियो । ओली शक्तिमा छउञ्जेल ठेलमठेल गरेर बैठकमा हुर्रिनेहरु सत्ता विमुख भएको दुई दिनमै थकित देखिनु शुभ लक्षण नभएको बालकाेटतिर समेत टिप्पणी हुन थालेको छ ।”

रावलले झण्डै १२ मीनेटजति कार्यदलमा एक खेमाको संयोजक र पार्टी उपाध्यक्षको हैसियतमा थप तयारीनिम्ति १-२ दिन बैठक रोक्दा उपयुक्त हुने सुझाव राख्नुभएको थियो । अध्यक्ष केपी शर्मा ओलीले उहाँको भनाइ सुनेपछि अन्तमा कुनै जवाफ नदिएर ‘ल बैठक अघि बढ्यो’ भन्नुभयो । त्यसो भन्नुको अर्थ तिमीहरु जान सक्छौ,यताको कामकारबाही अघि बढ्छ भन्ने रहेको सहभागी एक जना नेताले बताउनुभएको छ ।

त्यसपछि पार्टी एकतानिम्ति अधिकतम प्रयत्नरत नेपालपक्षीय नेताहरुले मुखामुख गरेर बैठक कक्षबाट बाहिरिँदा अध्यक्षले रोक्नको लागि कुनै शब्द खर्चनुभएन । स्थायी समितिको एकपक्षीय बैठकमा उहाँ निकै आक्रामक ढंगले प्रस्तुत हुनुभएको थियो ।

“त्यसो भन्नुको अर्थ तिमीहरु जान सक्छौ,यताको कामकारबाही अघि बढ्छ भन्ने रहेको सहभागी एक जना नेताले बताउनुभएको छ ।”

त्यसपछि आजै दिउँसो संसद भवनमा भएको एमाले संसदीय दलको बैठकमा ओलीले देउवा सरकारले अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाइदिनेसम्मको चिन्ता व्यक्त गर्नुभएको छ । जबकि उहाँले अघिल्लो वर्षको बैशाखमा अरुको दल र आवश्यकता परे आफ्नै दल फुटाउन सजिलो प्रावधानसहितको अध्यादेश ल्याउन खोज्नुभएको थियो । त्यसै सिलसिलामा तराईबाट मधेसी साँसदहरु अपहरित भए भने संघीय समाजवादी पार्टी र राजपालाई त्यही अध्यादेशले एकीकृत बनाइदियो । नयाँ सरकारले अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाइदिने त्रासमा रहनुभएका एमाले अध्यक्षले त्यसलाई रोक्न किन चाहनुभएन त्यो चाहिँ बुझ्न सकिएको छैन ।

“पार्टी एकता पक्षधर नेपालपक्षीय नेताहरुले मुखामुख गरेर बैठक कक्षबाट बाहिरिँदा अध्यक्षले रोक्नको लागि कुनै शब्द खर्चनुभएन ।”

आज संसदीय दलको बैठकमा ओलीनिकटस्थ माननीयहरुमध्ये करिव ७० जनाको उपस्थिति थियो । ओली शक्तिमा छउञ्जेल ठेलमठेल गरेर बैठकमा हुर्रिनेहरु सत्ता विमुख भएको दुई दिनमै थकित देखिनु शुभ लक्षण नभएको बालकाेटतिर समेत टिप्पणी हुन थालेको छ ।

टिप्पणीहरू