देउवालाई विश्वासको मत नदिने ओली पक्षको निर्णय

देउवालाई विश्वासको मत नदिने ओली पक्षको निर्णय

नेकपा एमालेको संस्थापन पक्षले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । आफूपक्षीय नेताको उपस्थितिमा आज ललितपुरको च्यासलमा बसेको संस्थापनको स्थायी कमिटी बैठकले संविधानको धारा ७६ (५) बमोजिमको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

यसअघि वैठक रोक्न वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले गरेको आग्रह अध्यक्ष ओलीले अस्वीकार गर्नुभएको थियो । बैठक रोक्न माग गर्दै बैठकस्थल पुगेको उपाध्यक्ष भीम रावलसहितको टोली फर्किएको छ । अहिले उहाँहरु नेता नेपालसँग भेट्न कोटेश्वर पुग्नुभएको हो ।

कार्यदलले तयार पारेको एकताको मस्यौदामाथि छलफल गरेर संयुक्त बैठक बोलाउने यसअघिको सहमति विपरित ओलीले एकलौटी बैठक राखेपछि एमाले विवाद जटिल मोडमा पुगेको नेताहरुले प्रतिक्रिया दिएका छन् ।

कार्यदलले सर्वोच्च अदालतको फैसला जस्तो आए पनि पार्टीको संस्थागत धारणा बनाउने प्रस्ताव गरेको थियो । तर, आफ्नै सरकार ढाल्न नेपाल समूहका २३ जनाको भूमिका निर्णायक रहेको भन्दै अध्यक्ष ओली थप आक्रोशित बन्नुभएको छ ।

टिप्पणीहरू