माछा मार्न खोज्दा आफै मरे

माछा मार्न खोज्दा आफै मरे

हाईटेन्सन लाईनमा तार जोडी करेन्ट लगाउँदै माछा मार्न खोज्ने एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । करेन्ट लागेर मृत्यु हुनेमा झापा मेचीनगर-३ सिर्जना बस्ती बस्ने ३१ वर्षीय सरोज किसान हुन ।

आज दिउसो साढे २ बजे गाउँ नजिकै रहेको गंगटे खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनलाइ करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

टिप्पणीहरू