काँग्रेस नेताको फोटा जलाउँदा युवा संघ र प्रहरीको घम्साघम्सी

काँग्रेस नेताको फोटा जलाउँदा युवा संघ र प्रहरीको घम्साघम्सी

राष्ट्रिय युवा संघ नेपालले केहीबेर अघि नयाँ बानेश्वरको सडकमा नेपाली काँग्रेसका सभापति तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारको स्वागत र ज्यान मुद्दामा जेल सजाय पाएका काँग्रेसका नेता तथा पूर्वमन्त्री अफ्ताब आलमको पूर्वस्वागत गर्दै व्यङ्गात्मक प्रदर्शन गरेको छ ।

संघका अध्यक्ष किरण पौडेल, उपाध्यक्ष क्षितिज थेवे र महासचिव रमेश आचार्यसहित झण्डै तीन दर्जनको उपस्थितिमा भएको बिरोध कार्यक्रममा गच्छदार र आलमको फोटोमा जुत्ताको माला लागएर व्यङ्ग्यात्मक प्रदर्शन गरिएको थियो ।

त्यसअघि उनीहरुले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको विरुद्धमा चर्का नारा लगाएका थिए । उनीहरुले भ्रष्टाचारीलाई कारबाही गर, कानुनी शासन कायम गर, नेकपा एमाले जिन्दावाद, राष्ट्रिय युवा संघ नेपाल जिन्दावाद, केपी ‘बा’ जिन्दावाद नारा लगाएका थिए ।

कार्यक्रमको अन्तमा गच्छदार र आलमको जुत्ता लगाइएको फोटो जलाउने क्रममा प्रदर्शनकारी र प्रहरीबीच एकछिन घम्साघम्सी परेको थियो ।

टिप्पणीहरू