हत्तारिएर आउनुभएकी आरजु शपथमा कता हराउनुभो ?

हत्तारिएर आउनुभएकी आरजु शपथमा कता हराउनुभो ?

राष्ट्रपति कार्यालयको सूचनाका कारण उत्पन्न तनावका बीच पाँचौँ पटक मुलुकको प्रधानमन्त्री नियुक्त हुनुभएका शेरबहादुर देउवाले मंगलबार साँझ शीतलनिवासमा अढाई घण्टा ढिलो गरी शपथ लिनुभयो । उपराष्ट्रपति,सभामुख, राष्ट्रियसभा अध्यक्ष, पूर्वप्रधानमन्त्रीलगायतका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा सम्पन्न शपथ समारोहमा ‘फर्स्ट लेडी’ अर्थात् देउवा पत्नी आरजु राणा भने देखिनुभएन ।

सामान्यतया यस्ता बिशेष र औपचारिक कार्यक्रममा फर्स्ट लेडीलाई छेउमा राख्ने प्रचलन छ । तर,मंगलबार साँझ शीतलनिवासमा आरजु कतै देखिनुभएन । उहाँको अनुपस्थितिलाई लिएर विभिन्न आशंका गर्न थालिएको छ । कतिपयले आरजु बिरामी भएको हुनसक्ने आँकलन गर्दा केहीले चैं नेपाल बाहिर रहेको अनुमान लगाएका छन् ।

जे-जे अनुमान गरिए पनि आरजु नेपालमै रहेको तथ्य खुलेको छ । उपचारका लागि जापान गएकोमा उहाँ जुन २६ तारिखको दिन टोकियोबाट नेपालका लागि उड्नुभएको थियो । नेपालमा राजनीतिक परिस्थिति फेरबदल हुँदैछ भन्ने जानकारी पाएरै उहाँ हत्तारिएर नेपाल आएको भन्नेहरु पनि छन् । कोरोना महामारीले बन्द भएका फ्लाइट पूर्णरुपमा नखुल्दै नेपाल आउनुभएकी आरजु मंगलबार साँझ शीतलनिवासमा नदेखिनुले बिरामी भएको अनुमान पनि छ ।

आरजू ठूलो शल्यक्रिया गरिएको कारण घरको तल्ला ओर्लन सक्ने अवस्थामा हुनुहुन्न । अझै केही समय उहाँलाई आरामीको जरुरत रहेकोे चिकित्सकहरुले बताएका छन् । त्यसै कारण पनि उहाँ मंगलबारको शपथमा नदेखिएको हुनसक्छ ।

बेलायत र जापानमा मात्र हिपको उपचार हुने भएकाले यसअघि आरजु जापान जानुभएको थियो । उहाँकी आमा प्रतिभा राणा जापानका लागि नेपाली राजदूत हुनुहुन्छ । सरकार फेरिनेबित्तिक्कै राजदूतलाई फिर्ता बोलाउने प्रचलन भए पनि केपी ओली सरकारले ६ महिना कार्यकाल थप गरेकाले प्रतिभा जापानमै हुनुहुन्छ ।

टिप्पणीहरू