वायुसेवाको किचलो कचल्टिँदै,कर्मचारीको प्रदर्शन जारी

वायुसेवाको किचलो कचल्टिँदै,कर्मचारीको प्रदर्शन जारी

नेपाल वायुसेवा निगममा संयुक्त ट्रेड युनियन संघर्ष समितिले आज पनि प्रदर्शन गरेको छ । असार १८ गतेदेखि गर्दै आएको विरोध प्रदर्शन आफ्ना माग पूरा नभएसम्म नरोकिने आन्दोलनकारीहरुले बताएका छन् ।

मध्यान्ह पौने १२ बजेदेखि शुरु भएको प्रदर्शनमा संयुक्त ट्रेड युनियन संघर्ष समितिले निजीकरणको निर्णय खारेजी,प्रबन्ध निर्देशकको राजीनामा,प्रवन्ध निर्देशकको अस्वाभाविक तलवबृध्दि खारेजी, सञ्चालक समितिमा निगमको व्यावसायिक स्वार्थ बाझिने एजेन्टहरूको नियुक्ति खारेजीलगायतका माग राखेको छ ।

आजको धर्ना तथा विरोध कार्यक्रम नेपाल वायुसेवा निगम कर्मचारी युनियनका संयोजक सुवास डाँगीको नेतृत्वमा भएको आयोजक पक्षले जानकारी दिएको छ ।

आन्दोलनकारीहरुले आज पनि भ्रष्ट प्रवन्ध निर्देशक राजीनामा दे,सबै कर्मचारी एक होऔं,कर्मचारी एकता जिन्दावाद,सार्वजनिक संस्थानमाथिको दलाली बन्द गर, सार्वजनिक सम्पत्ति बेच्न पाईंदैन, हाम्रो आन्दोलन जारी छ,निगम बेच्न पाईंदैन,डिमे हामीलाई चाहिँदैनलगायत नारा लगाएका छन् ।

टिप्पणीहरू