मध्यबर्खामा प्रहरीको विपद् व्यवस्थापन तालिम सकियो

मध्यबर्खामा प्रहरीको विपद् व्यवस्थापन तालिम सकियो

नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जले २१औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम सकाएको छ ।

सो अवसरमा प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले तालिममा हासिल गरेको ज्ञान सिपलाई विपद् जस्तो विषम परिस्थितिमा पीडितको उद्धारमा उच्चतम प्रयोग गर्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभएको छ ।डेढ महिनासम्म भएको उक्त तालिममा प्रहरी सहायक निरीक्षक ३ जना, प्रहरी हवल्दार १ जना र प्रहरी जवान २४ जना गरी २८ जना प्रशिक्षार्थी सहभागी थिए ।

 

टिप्पणीहरू