अदालतको फैसलाअघि यसकारण बसेको थियो जिल्ला सुरक्षा समितिको बैठक

अदालतको फैसलाअघि यसकारण बसेको थियो जिल्ला सुरक्षा समितिको बैठक

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको फैसलापछिको अवस्थालाई ध्यानमा राखेर काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा काठमाडौं जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो । अदालतको फैसलापछि उत्पन्न हुनसक्ने अवस्थालाई ध्यानमा राखेर बैठक डाकिएको निर्णयमा उल्लेख छ ।

जिल्लास्थित सबै सुरक्षा निकायले एकीकृत आकस्मिक सुरक्षा योजना बनाई उच्च सतर्कता साथ सुरक्षा निकाय परिचालन गरि भरपर्दो त्रुटीरहित सुरक्षा व्यवस्था मिलाउन बैठक बोलाइएको थियो ।

बैठकमा काठमाडौं प्रहरी प्रमुख अशोक सिंह र नेपाली सेनाका प्रमुख सेनानी महेन्द्रकुमार पुन, सशस्त्रका प्रहरी उपरीक्षक विष्णु प्रसाद भट्ट, अनुसन्धान विभागका निर्देशक भूमिप्रसाद पाठक, सशस्त्रकै नायव उपरीक्षक विमल डाँगी र सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेसहितको उपस्थितिमा सोमबार बिहान उक्त निर्णय गरिएको थियो ।

टिप्पणीहरू