ज्यानमारा प्रहरीको फन्दामा

ज्यानमारा प्रहरीको फन्दामा

हत्याको आरोपमा २० वर्ष कैद सजाय पाएका ईटहरी-२ का ३१ बर्षीय उमेश श्रेष्ठलाई प्रहरीले हिजो पक्राउ गरी कारागार चलान गरेको छ ।

उनलाइ सुनसरी जिल्ला अदालतले सुनसरी ईटहरी-१ का २४ बर्षीय रबिन चौधरीको हत्यामा दोषी ठहर गरेको थियो । उनले २०६५ साल पौष १ गते चौधरीलाइ ईटहरी-५ स्थित संगम चोकमा धारिलो हतियार प्रहार गरी ज्यान लिएका थिए ।

अदालतले सजाय दिएका र फरार रहेका अभियुक्तहरुको खोजतलासलाई अभियानकै रुपमा तिब्रता दिईएसंगै श्रेष्ठ प्रदेश प्रहरी कार्यालय(प्रादेशिक अनुसन्धान RIT) को टोलीको फन्दामा परेका हुन ।

कर्तब्य ज्यान मुद्धामा दोषी ठहर श्रेष्ठलाइ कैद भुक्तानका लागी क्षेत्रीय कारागार झुम्का पठाईएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू