४६ लाखको बिटो फेला पारेको चोरले २६ लाख मात्रै लग्यो

४६ लाखको बिटो फेला पारेको चोरले २६ लाख मात्रै लग्यो

गोरखाको भीमसेन गाउँपालिकास्थित एउटा सहकारी संस्थामा हिजो बिहान अचम्मको चोरी भएको छ । गाउँपालिकाको वडा नम्बर ७ माझगाउँ, बोर्लाङ्गस्थित भीमकूल ऋण,बचत तथा सहकारी संस्थामा चोरले ४६ लाखको बिटो फेला पारेर पनि २६ लाख रुपैयाँ मात्रै चोरेर बाँकी २० लाख त्यहिँ छाडेर गएको थियो ।

जिल्ला प्रहरी कार्यालय,गोरखाका प्रहरी उपरिक्षक शेखर खनालले सहकारीको आफ्नै भवनमा हिजो राति साढे १ देखि साढे ३ बजेको समयमा चोरी भएको दृश्य सिसिटिभी क्यामरामा कैद भएको बताउनुभयो । सिसिटिभीमा दुई जना नकाबधारीले चोरेको दृश्य देखिएको र उनीहरू सहकारीको च्यानलगेटको ताला फुटाएर भित्र छिरेको पनि उहाँले बताउनुभएको छ ।

सुरक्षा गार्ड नराखिएको उक्त सहकारीमा भएको चोरीको छानबिन प्रक्रिया अगाडि बढाइएको बताउँदै खनालले शंकास्पद कर्मचारी र संस्थासँग आवद्ध केही व्यक्तिसँग बयान लिने काम शुरु गरिएको जानकारी पनि दिनुभयो ।

टिप्पणीहरू