अदालतको फैसला आउनुअघि महेश बस्नेतको जुलुश

अदालतको फैसला आउनुअघि महेश बस्नेतको जुलुश

नेकपा एमालेको ओलीपक्षीय युवा नेता महेश बस्नेतले विपक्षी गठवन्धनले अदालतमा सेटिङ्ग मिलाएर प्रधानमन्त्री केपी ओलीविरुद्ध मोर्चाबन्दी गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनको मुध्दामा सर्वोच्च अदालतको फैसला नजिकिंदै गर्दा बस्नेतको यस्तो टिप्पणी आएको हो ।

राष्ट्रिय युवासंघ भक्तपुरले आज मध्यपुरठिमीमा आयोजना गरेको बृक्षारोपण कार्यक्रममा बोल्दै बस्नेतले ओलीलाई हराउन विपक्षी गठवन्धन अदालतको सेटिङ्गमा लागेको गम्भीर आरोप लगाएका हुन् ।उनले सरकारको समर्थनमा भोलि दिउँसो ३ बजे बानेश्वरमा हुने बृहत जनप्रदर्शनमा सहभागी हुन युवाहरुलाई आव्हानसमेत गरेका छन् । विपद्का बेला युवासंघ जनताको साथमा सदैव रहेको भन्दै भोलिको कार्यक्रममा युवाहरुको साथ खोजेको बस्नेतले बताए ।

आफूले भक्तपुरमा चुनाव जितेपछि अहिलेसम्मकै उत्कृष्ट काम भएको दाबी पनि गर्दै उनले बिकास निर्माणमा उल्लेखनीय काम भएको बताए ।

वृक्षारोपण कार्यक्रममा एमालेको ओलीपक्षीय भक्तपुर जिल्ला कमिटीका अध्यक्ष वचन देउजा, युवासंघ भक्तपुरका अध्यक्ष राजु लुबन्जार श्रेष्ठलगायत करिब एकसय जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

टिप्पणीहरू