सर्वोच्चलाई खबरदारी गर्न सडकमा आयो सरकारनिकट अखिल

सर्वोच्चलाई खबरदारी गर्न सडकमा आयो सरकारनिकट अखिल

नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले अदालतको फैसला प्रभावित हुनेगरी विरोधका कार्यक्रम गरेको छ । आज बिहान भृकुटी मण्डपस्थित केन्द्रीय कार्यालयमा सँसदको माथिल्लो सभाका सचेतक खिमलाल भट्टराईलाई समेत साक्षी राखेर बसेको एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको बैठकले अदालतले २८ गते सोमबार सरकारविरुद्ध फैसला गर्नसक्ने आँकलनमा बिरोधका कार्यक्रम तय गरेबमोजिम दिउँसो एक सय चालिस जना जुटेर नाराबाजी गरेको बुझिएको छ ।

No description available.

आजै उसले रत्नराज्य क्याम्पसअगाडि राजनीतिक अस्थिरता,निर्दलीय सोच र ताजा जनादेशको पक्षमा ब्यानर प्रदर्शनसमेत गरेको हो । त्यसक्रममा संसदलाई दलविहीन करार गरेर बहुदलीय व्यवस्था जोगिन नसक्ने,बहुदलीय लोकतान्त्रिक प्रणालीमाथिको आक्रमण स्वीकार्य नभएको, समृध्दिको लागि राजनीतिक स्थायित्व जरुरी भएको,विद्यार्थी र शिक्षकलाई खोप र पढाई,परीक्षा र शैक्षिक सत्र सुचारु गर्नुपर्ने, सैंविधानिक सर्वोच्चता कायम गर्नुपर्ने, सर्वभौम जनताको अधिकार सुनिश्चित गर्नुपर्ने भन्दै नारा लगाइएको थियो ।

 

कार्यक्रमको नेतृत्व अनेरास्ववियुका अध्यक्ष ऐन महरले गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष महरले आफूहरु ताजा जनादेशको पक्षमा रहेको बताए । उनले अन्य विद्यार्थी संगठनहरु अनेरास्ववियु र विद्यार्थी आन्दोलनविरुद्ध लागेको आरोप लगाउँदै त्यो कार्य आफूहरुलाई स्वीकार्य नभएको समेत आरोप लगाए ।

महरको अभिव्यक्ति र अनेरास्ववियुको विरोध कार्यक्रमलाई विश्लेषण गर्दा सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नसक्ने आधारमा प्रधानमन्त्री निकट जनसंगठनले त्यसको विरोधमा अहिलेदेखि नै तयारी गरेको भन्न थालिएको छ ।

टिप्पणीहरू