सरकारले पूर्वप्रधानमन्त्री खनालको उपचार खर्च दिल्ली पठाउने

सरकारले पूर्वप्रधानमन्त्री खनालको उपचार खर्च दिल्ली पठाउने

दिल्लीस्थित अपोलो अस्पतालमा स्वास्थ्य उपचार गराइरहनुभएका पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । पछिल्लो क्याबिनेट बैठकले खनालको सबै खर्च व्यहोर्ने निर्णय गरेको हो ।

बैठकले दिल्लीस्थित नेपाली दूतावासमार्फत खनालको उपचार खर्च भुक्तानी दिने निर्णयसमेत गरेको छ । अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयका नाममा निकाशा गर्ने र परराष्ट्रले दूतावासमार्फत भुक्तानीको व्यवस्था मिलाउने क्याबिनेटको निर्णय छ।खनाल गत असार २ गते उपचारका लागि दिल्ली जानुभएको थियो । त्यसअघि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराउनु भएका खनालको फोक्सोमा पानी भरिएको बताइएको थियो । गत महिना कोभिडले थलिनुभएका खनाललाई पोष्ट कोभिड भएको अस्पतालले बताएको थियो ।

तर,परिवार आत्तिएका कारण तत्कालै उहाँलाई नयाँ दिल्ली लगिएको हो । खनाल अहिले स्वस्थ भैसकेको बताइन्छ ।

टिप्पणीहरू