तेलको भाउ घटाउन विद्यार्थीले अहिले सिठ्ठी फुक्ने

तेलको भाउ घटाउन विद्यार्थीले अहिले सिठ्ठी फुक्ने

नेपाल आयल निगमले पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढाएपछि विद्यार्थी संगठनहरूले त्यसविरुद्ध आज दिउँसो सिठ्ठी फुक्ने कार्यक्रम राखेका छन् । निगमले हप्तैपिच्छे पेट्रोलियम पदार्थको भाउ बढाएको भन्दै पाँच विद्यार्थी संगठनले काठमाडौंमा सिठ्ठी जुलुस निकाल्न लागेका हुन् ।

कोरोना महामारीका कारण निगम घाटामा गएको नाममा निगमले पेट्रोलियम पदार्थको मूल्य अझै बढ्नसक्ने चेतावनी दिएपछि विद्यार्थी संगठनहरू क्रुद्ध भएका हुन् । आज आयल निगमको प्रधान कार्यालय घेराउ गर्ने कार्यक्रम भए पनि मौसम प्रतिकूलताका कारण बिरोधपत्र बुझाउन लागिएको बताइन्छ ।

त्यसक्रममा आज दिउँसो ३ बजे विद्यार्थीहरूको संयुक्त संगठनले सिठ्ठी जुलुस निकाल्ने कार्यक्रम तय गरेका हुन् । जुलुसलाई भव्य बनाउन र बिरोध कार्यक्रममा सहभागी हुन सबैलाई संगठनले अनुरोध समेत गरेका छन् ।

टिप्पणीहरू