माओवादी पार्टी खारेज गराउन बादलहरु बहादुर भवनमा

माओवादी पार्टी खारेज गराउन बादलहरु बहादुर भवनमा

नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु केही बेरअघि कान्तिपथस्थित निर्वाचन आयोग पुगेका छन् ।

आयोग स्रोतका अनुसार माओवादी केन्द्रले कानुनबमोजिम तोकिएको समयमा गर्नुपर्ने महाधिवेशन आयोजना नगरेको भन्दै ओली पक्षका नेताहरुले पार्टी खारेजीको माग गरेका छन् । माओवादी केन्द्रले २०६९ सालपछि २०७४ सालमा गर्नुपर्ने महाधिवेशन हालसम्म नगरेकाले खारेजीको माग गरिएको हो ।

कानुनतः आयोगमा दर्ता भएका राजनीतिक दलहरुले पाँच वर्षको अन्तरालमा महाधिवेशन आयोजना गरेर नयाँ नेतृत्व चयन गर्नुपर्छ । नेकपा माओवादी केन्द्र अवैधानिक भएको जिकिरका साथ नेकपाका अधिवक्ता सरोज बुढाथोकी,केन्द्रीय सदस्य लीला थापा,रामचन्द्र मण्डललगायतत विघटित प्रतिनिधिसभाका केही सभासद आयोग पुगेका हुन् ।

त्यसो त एमालेको नवौं महाधिवेशन ०७० असारमा भृकुटीमण्डपमा सप्पन्न भएको पनि ७ बर्ष कटिसकेको छ । ०७५ मै दसौं महाधिवेशन भैसक्नुपर्ने हो ।

आयोग स्रोतका अनुसार माओवादी केन्द्रका पूर्व नेता तथा हाल एमाले स्थायी समिति सदस्य टोपबहादुर रायमाझीसमेत आयोग पुगेका छन् । बादल पनि जाने योजना हो ।

टिप्पणीहरू