छोराको पुस्तक किनेर घर फर्केका बाबुको ट्रकले हानेर मृत्यु

छोराको पुस्तक किनेर घर फर्केका बाबुको ट्रकले हानेर मृत्यु

तनहुँमा छोराको किताब किनेर फर्कंदै गरेका बाबुलाई ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ ।

ना.६ ख ४४४७ नम्बरको ट्रकले ठक्कर दिँदा ३१ वर्षका दुर्गा भुजेलको दिउँसो पौने ३ बजे मृत्यु भएको हो ।

उनीसँगै किताब किन्न गएका छोरा साजनको भने दायाँ खुट्टामा चोट लागेको र स्थानीय हाडजोर्नी अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीका असई राजु न्यौपानेले जानकारी दिनुभयो ।

घटनापछि आक्रोशित स्थानीयले पृथ्वी राजमार्ग बन्द गरेका कारण अहिलेसम्म यातायात खुल्न सकेको छैन ।

टिप्पणीहरू