श्रमिकका पनि बैक खाता

श्रमिकका पनि बैक खाता

उदयपुरको त्रियुगा नगरपालिकाका अहिलेसम्म बैकमा खाता नभएका ५५ मजदुरहरुको बैक खाता खोलिदिएको छ । उनीहरुको बैक खाता खोलिएपछि जनही २०० रुपैया बचत भएको छ ।

बैक खाता सञ्चालनले सकटको बेला दुखविमार हुँदा साहु र अन्यको हात पसार्न जानु पर्नेऽ चर्को ब्याँजमा ऋण लिएर बन्धक जस्तै बेलाबेला ब्याँजैमा काम गरिदिनु पर्ने अवस्थाबाट यसले थोरै भए पनि मुक्ति मिल्ने नगर प्रमुख बलदेव चौधरीले बताउनुभयो ।बैकमा खाता खोलिएपछि मजदुर दुखीलाल चौधरी दङ्गदास देखिन्छन । उनी भन्छन म एकदमै खुसी छु आज मैले पनि बैकमा खाता खोलेकोछु ।

त्रियुगा नगरक्षेत्रमा संगठित र असंगठित क्षेत्रमा गरी करिव पाँच सय श्रमिकहरुको कुनै बैक खाता छैन । जव कि त्रियुगा नगरपालिकामा डेढ दर्जन भन्दा बढी वाणिज्य बैकहरु रहेका छन ।

यी सबै श्रमिकहरुलाइ बचत गर्ने बानी बसाल्न र अप्ठ्यारोमा सहयोग पुर्याएर जीवनस्तर उकास्न यो कार्यक्रमले सहायता गर्ने देखिन्छ । यो खाता नेपाल बैक लिमिटेडको ५० प्रतिशत सहभागितामा खोलिएको हो ।

गत वर्ष कोरोना कहरमा भएको आर्थिक कठिनाइको बेला मजदुरहरुको बचत गर्ने बानी नभएकोले भोग्नु परेको पीडामा मल्हम लगाउन अन्तराष्ट्रिय श्रमिक दिवसका दिन बैक खाता खोल्ने घोषणा गरेको थियो । सो निर्णयलाइ अहिले आएर कार्यन्वयन गरिएको हो ।

टिप्पणीहरू