जसले चक्कु हानेर अर्काको ज्यान लिए

जसले चक्कु हानेर अर्काको ज्यान लिए

चन्द्रागिरी नगरपालिका–३,थानकोट बस्ने महोत्तरीको जलेश्वर नगरपालिका–२ घर भएका २० वर्षीय जितेन्द्र साहको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही स्थान बस्ने ३६ वर्षीय सोमलाल गोपाली र मकवानपुर,दामन घर भएका २५ वर्षीय मनोज दोङ तामाङ रहेका छन् ।

गए राति गोपालीसमेतका तीन जनाले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका साहको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

घटनामा संलग्न अर्को एक जनाको खोजी भएको र उनीहरुमाथि कर्तव्य ज्यानसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

टिप्पणीहरू