हात्तीवनमा आमा-छोरीको ‘ह्याप्पी बर्थडे’

हात्तीवनमा आमा-छोरीको ‘ह्याप्पी बर्थडे’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हिजो दिउँसो हात्तीवन रिसोर्ट जानुभएको र आज सबेरै सानेपामा एक घण्टा गोप्य भेटघाटपछि उतै फर्कनुभएपछि मुलुकको राजनीतिमा एकाएक आशंकाको बादल मडारिएको थियो । कतिपयले सर्वोच्च अदालतबाट एक दुई दिनभित्र हुन लागेको प्रतिनिधिसभा विघटनविरुध्दको मुद्दाको फैसलासँग जोडेर हेरेका थिए ।

तर दाहाल पारिवारिक भेटघाटको लागि हिजो दिउँसो दक्षिणकाली नजिकैको हात्तीवन रिसोर्टमा जानुको रहस्य माइली छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र आमा सीता दाहालको जन्मदिन भएको तथ्य सार्वजनिक भएको छ ।दाहालकी कान्छी छोरी तथा रेणुकी बहिनी गंगा दाहालले सामाजिक सञ्जालमा दिदी र आमालाई जन्मदिनको बधाइ दिँदै हात्तीवन रिसोर्टको फोटो हालेपछि यसअघिका आशंका सबै बिलाएका हुन् ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजै बिहान सबेरै ललितपुरको सानेपा आउनुभएको थियो । सानेपामा डेढ घण्टाको भेटघाटपछि उहाँ फेरि हात्तीवन नै फर्केपछि सबैले चासो र आशंका गरेका हुन् । उहाँको परिवारका अधिकांश सदस्य हिजो दिउँसो त्यहाँ गएका हुन् । अध्यक्ष दाहाल पनि दिउँसो ३ बजेतिर पुग्नुभएको बताइन्छ ।

टिप्पणीहरू