डाबरको नयाँ जुस बजारमा

डाबरको नयाँ जुस बजारमा

कोरोना महामारीलाई ध्यानमा राखेर डाबर नेपालले रोग प्रतिरोधात्मक शक्ति बढाउन सहयोग पुर्याउने नेपालकै पहिलो फोर्टिफाइड जुस ‘रियल इम्यूनो म्याङ्गो प्लस’ बजारमा ल्याएको छ ।

नेपालको लागि हालसम्मकै नयाँ उत्पादन मानिएको फोर्टिफाइड जुस परिवारको रोग प्रतिरोधात्मक शक्तिको आवश्यकताबारे गरिएको बजार अनुसन्धानबाट तयार पारिएको डाबर नेपालले बताएको छ ।

डाबरका नेपाल प्रमुख हर्किकत सिंह बेदीले नेपालको जुस उत्पादक कम्पनीमा नम्बर १ रहेको डाबर नेपाल निरन्तर नयाँ उत्पादन बजारमा ल्याउन तत्पर रहेको बताउनु भएको छ ।

कोभिड–१९ को अवस्थामा ग्राहकहरुले रियल इम्यूनो म्याङ्गो प्लसको अवधारणालाई रुचाएको डाबर नेपालका मार्केटिङ प्रमुख अभयप्रसाद गोर्खालीले बताउनुभएको छ ।

नयाँ उत्पादन फोर्टिफाइड म्याङ्गो जुसको १ सय ८० एमएलको मूल्य ३० रुपैयाँ र १ लिटर प्याकको मूल्य २ सय ५० रुपैयाँ कायम गरिएको छ ।

टिप्पणीहरू