कोरोनाबाट आज २७ को निधन,१ हजार ६ सय बढिमा संक्रमण

कोरोनाबाट आज २७ को निधन,१ हजार ६ सय बढिमा संक्रमण

कोरोनाबाट आज २७ जनाको ज्यान गएको छ । १ हजार ६ सय ३ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार ५ सय ५२ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ७६ पीसीआर तथा ३ हजार २ सय ५६ एन्टिजेन गरी ८ हजार १ सय ३२ जनामा परीक्षण गरिएको थियो । आज संक्रमित भन्दा ९ सय ४९ जना बढी निको भएका छन् । त्यस्तै, मुलुकभर २६ हजार १ सय ७९ जना सक्रिय संक्रमित रहेका छन् ।

हालसम्म ३३ लाख ६८ हजार ५ सय ४२ जनामा पिसिआर गरिएको छ भने २ लाख ४२ हजार ४ सय ४८ जनामा एन्टिजेन गरी कूल ३५ लाख ७२ हजार ७ सय ९० जनामा परिक्षण गरिएको छ । जसमध्ये ९ हजार २ सय २५ जनाको ज्यान गएको छ भने ६ लाख ९ हजार २ सय १८ जना निको भएका छन् ।

टिप्पणीहरू