सीएमसीसीको निर्णय कुर्दै उपत्यकाका सिडिओहरु

सीएमसीसीको निर्णय कुर्दै उपत्यकाका सिडिओहरु

उपत्यकामा निषेधाज्ञा लम्ब्याउने विषयमा बैठक बस्न कोभिड–१९ संकट व्यवस्थापन समिति सीसीएमसी बाधक बनेको छ । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने विषयमा साना सवारी साधन खोल्ने तथा बन्द रहेका अन्य क्षेत्र पनि खोल्न पाइने गरि लम्ब्याउन लागिएको बैठक सीएमसीसीको बैठकपछि मात्र बस्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताउनुभएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बैठक आज तीन बस्ने बताए पनि सीएमसीसीले निर्णय नदिदाँसम्म आफूहरुको बैठक नबस्ने निरौलाले बताउनुभएको छ । उपत्यकामा निषेधाज्ञा अघिल्लो सातादेखि सवारी साधन जोर बिजोरको आधारमा चल्न पाउने गरि खुकुलो बनाएर लम्ब्याइएको छ ।

अब, मनोरञ्जनका क्षेत्र, सार्वजनिक साना सवारी, विद्यालय तथा कलेजलगायत क्षेत्र खोल्ने वा नखोल्ने भन्ने विषयमा निर्णय हुँन बाँकी रहेको पनि निरौलाले बताउनुभयो । आज तीन बजेसम्म सीएमसीसीले निर्णय दिए आजै नभए भोलि बैठक बस्ने निरौलाले जानकारी दिनुभएको छ ।

टिप्पणीहरू