अन्ततः उनी यतै अडिए

झापामा बर्सेनिजसो प्रहरी प्रमुख (एसपी) र प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् । कोही सिडिओ वा एसपी सरुवा भएर आउँदा भेट्न विभिन्न स्वार्थ जोडिएका मानिसहरूको लस्कर लाग्छ । केही ‘उपहार’ लिएर जान्छन् । स्रोत भन्छ, ‘नयाँ आउनेले त्यो उपहार स्विकारे भने मात्र ती केही महिना टिक्छन् । नत्र शुरु भइहाल्छ धपाउने चलखेल ।’

ती व्यापारी–व्यवसायीको प्रभावमा पर्ने एसपी वा सिडिओ ‘न्युट्रल’मा बस्छन् । पछि सरुवा भएर जाने दिन भव्य बिदाइ गरिन्छ । बिदाइमा तिनै व्यवसायी पुग्छन्, उही उपहार लिएर । झट्ट हेर्दा लाग्छ, ती सिडिओ वा एसपीले खुब राम्रो काम गरेछन्, शान्ति सुरक्षा मजबुत पारेछन् । तर, त्यो गलत हो ।

शान्त स्वभावका र भविष्य बोकेका एसपी शैलेस थापा क्षेत्री आफ्नो व्याचका उत्कृष्ट अधिकृत हुन् । ठाकुरप्रसाद ज्ञवालीपछि केही महिनाअघि झापा आएका । एसपी थापाको काज फिर्ता गराउन व्यापारिक समूहले केन्द्रसम्म दौडधुप गरे । तर, उनीहरूको केही लागेन । प्रहरी प्रधान कार्यालयले मंसिर ५ गते अन्ततः उनको दरबन्दी झापामै कायम गरेको छ ।

टिप्पणीहरू