सोल्टी होटलका साहुजी हेरफेर

सोल्टी होटलका साहुजी हेरफेर

पूर्व राजा ज्ञानेन्द्रको लगानी रहेको कालिमाटी ताहाचलस्थित सोल्टी होटलको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरुमा हेरफेर भएको छ । यसअघिको संस्थागत सेयरधनी होलिडे इन्स इन्भेष्टमेण्ट (नेपाल) लिमिटेड अलग भएको छ ।

गत असोज ११ देखि नै अलग रहेको उक्त कम्पनीबाट प्रतिनिधित्व गर्दै आएका बैंकटेश गोमाटास र उनका वैकल्पिक सञ्चालक विवेक भल्लाले समेत राजिनामा दिएपछि सञ्चालक समितिमा हेरफेर भएको हो ।

अहिले सोल्टीको सञ्चालक समितिमा दिनेशबहादुर बिष्ट कार्यकारी अध्यक्ष छन् । सञ्चालकहरुमा शशिराज पाण्डे, रविभक्त श्रेष्ठ,राजेशकाजी श्रेष्ठ, निरञ्जनकुमार टिबडेवाला,जया राज्यलक्ष्मी शाह,गणेशबहादुर चन्द र प्रकाशविक्रम खत्री रहेको बताइएको छ ।

टिप्पणीहरू