धरानको शुध्दिकरणनिम्ति माइतीघरमा प्रदर्शन

धरानको शुध्दिकरणनिम्ति माइतीघरमा प्रदर्शन

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,धरानमा भइरहेको राजनीतिकरण र भ्रष्टाचारविरुद्ध आज माइतीघर मण्डलामा प्रदर्शन भएको छ । दिउँसो प्रतिष्ठान शुध्दिकरण अभियान,२०७८ को आयोजनामा प्रदर्शन भएको हो ।

नागरिक अगुवा नारायण वाग्ले, विवेकशील पार्टीका केन्द्रीय सदस्य शशीविक्रम कार्कीलगायतको उपस्थितिमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको राजनीतिकरण र भ्रष्टाचारविरुद्ध प्लेकार्ड प्रदर्शन गरिएको हो ।

टिप्पणीहरू