राजधानी छेउको साङ्लेखोलामा कुटपिट आतंक,पाँच जनाको निर्मम प्रहारबाट एक जना सिकिस्त

राजधानी छेउको साङ्लेखोलामा कुटपिट आतंक,पाँच जनाको निर्मम प्रहारबाट एक जना सिकिस्त

राजधानी काठमाडौंको उत्तर पश्चिम कुनोको साङ्लेखोला र फुटुङ क्षेत्रमा गुण्डागर्दीको बिगबिगी बढेपछि स्थानीय एक जना व्यवसायी मरणासन्न अवस्थामा पुगेका छन् । तारकेश्वर नगरपालिका १ साङ्लेखोला,फुटुङका रविन्द्र तिमिल्सिनालाई स्थानीय पाँच जना तिमिल्सिना केटाहरुले गुण्डागर्दी शैलीमा पिटेको स्थानीय स्रोतले बताएको छ ।

कुखुरा पालन र होलसेल व्यापार गर्दै आएका रविन्द्रलाई मुकुन्द तिमिल्सिना,श्रीकृष्ण तिमिल्सिना, श्रीराम तिमिल्सिना,माधव तिमिल्सिना र यादव तिमिल्सिनाले अघिल्लो वर्षदेखि सबै व्यवसाय छोड्न दबाब दिएको र उनले नमानेपछि ढाडको मेरुदण्डमा असर पुग्नेगरी चार दिनअघि कुटपिट गरेको बुझिएको छ । साँझको समय श्रीमतीसँग मोटरसाइकलमा घर जाँदै गरेका रविन्द्रलाई बाँसको भाटाले बजाएको कारण उनी उपचारार्थ ग्राण्डी अस्पतालमा भर्ना भएका छन् ।

पछाडि बसेकी श्रीमतीलाई उनीहरुले थुतेर फालिदिएका थिए । उपचारसँगै परिवारले रिपोर्ट गरे पनि प्रहरीले शुरुमा उजुरी लिन आनाकानी गरेको बताइन्छ । दुई दिनअघि प्रहरीले जाहेरी बुझेपनि आरोपितलाई नपक्रेको कारण सबै चिन्तित भएको परिवारले जानकारी गराएको छ ।

कुखुरा पालन र होलसेल व्यापारबाट अलि बलियो हुँदै गएका रविन्द्रले यसबीच जग्गाको कारोबारसमेत राम्रैसँग गरेपछि स्थानीय युवाको आँखा लागेको आशंका गरिएको छ । पछिल्लो दिनमा उनले भैंसी पालन व्यवसाय समेत गर्न खोजेपछि पाँच जना युवाले ती सबै व्यवसायबाट हात झिक्न दबाब दिएको श्रोतको दाबी छ ।महानगरी प्रहरी वृत्त बालाजुमा केस दर्ता भएपछि आरोपित पाँच जनामध्ये दुई जनालाई पक्रेको बताइएको छ । तीन जना अझै फरार छन् । व्यवसाय गर्ने रविन्द्रको कठबाँसको प्रहारबाट मेरुदण्डमा गहिरो चोट पुगेको आशंका गरिएको छ ।

टिप्पणीहरू