गुप्तचरको गाडीमा ड्याम्म

काठमाडौंस्थित भारतीय राजदूतावासमा उताको इन्टेलिजेन्स ब्युरो, सेना, प्रहरी र ‘र’ का मान्छे विभिन्न आवरणमा क्रियाशील रहेकोबारे त हामी सबै जानकार नै छौं । दिल्लीस्थित हाम्रो दूतावासमा पनि नेपाली सेना, प्रहरी र गुप्तचर कार्यरत रहेको र तीमध्ये काउन्सिलर दर्जाका गुप्तचर एसएसपी रामबहादुर कार्कीले बढुवा पाएपछि सुदूरपश्चिमे ओम जोशीले मौका पाउन लागेको खबर छ ।

हुनेवाला भनिएका प्रम देउवाका प्रिय गृहमन्त्री विमलेन्द्र निधिको सिफारिशमा जोशीलाई आउँदो साता नयाँ जिम्मेवारी सम्हाल्न दिल्ली पठाइँदैछ ।

यता कात्तिक २४ गते दिउँसो १ बजे राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलिप रेग्मी चढ्ने नयाँ मित्सुबिसी गाडी दुर्घटनामा परेको छ । सिंहदरबारको दक्षिणी गेट र गुप्तचरको पनि मुख्य प्रवेशद्वारकै सामुन्ने बा४१प ११९६ नम्बरको पल्सर बाइकले ठक्कर दिँदा बा१४च ३२०९ नम्बरको खरानी रंगको गाडीको अघिल्लो भाग क्षतिग्रस्त हुन पुगेको हो ।

गुप्तचर प्रमुखको गाडी ठोक्काउने मोटरसाइकल चालक विद्यार्थी हुन् । क्षतिपूर्ति तिर्ने सहमतिसहित त्यसदिन त्यहाँबाट फुत्किए पनि सहमति पालना गर्ने आर्थिक स्थिति भने उनीसँग नरहेको देखिन्छ ।

गुप्तचर प्रमुखकै गाडी सडकमा धेरैबेर अड्याउँदा होहल्ला हुने डरका कारण तत्काल विवाद सल्टाइएको थियो ।

टिप्पणीहरू