पूर्वराजाले जन्मोत्सव नमनाउने

पूर्वराजाले जन्मोत्सव नमनाउने

पूर्वराजा ज्ञानेन्द्र शाहले परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रुपान्तरण गरे पनि जनताले सुखको ठोस अनुभूति गर्न नपाएको बताउनुभएको छ ।

बुधबार एक विज्ञप्तिमार्फत राजनीति,राज्य प्रणाली एवम् राजकाजको प्रबन्ध र व्यवस्थापन संक्रमण,संकट र अन्योलको अवस्थामा देखापरेको उहाँले बताउनुभएको छ ।

पूर्वराजाले भन्नुभएको छ ‘आफ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने, तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ । कोरोनाको खोप र उपचार पाउन नसकेका कतिपय नेपाली निराश छन् ।’

जनतामा पैदा भएको निराशा तथा भोग्नुपरेको पीडालाई ध्यानमा राख्दै असार २३ गतेको आफ्नो जन्मदिनलाई उत्सवकारुपमा नमनाउने निर्णयसमेत पूर्वराजाले गर्नुभएको छ ।

केही समयअघि कोरोना संक्रमणबाट निको हुनुभएका शाहले आफ्नो स्वास्थ्यमा सुधार आएको समेत विज्ञप्ति मार्फत् जानकारी गराउनुभएको छ ।

टिप्पणीहरू