कति छ नेपालमा हजार र ५०० दरका भारु नोट ?

मुलुकका बैंक तथा वित्तीय संस्थासँग एक हजार र ५०० दरका भारतीय नोट दुई करोडको हाराहारीमा रहेको केन्द्रीय बैंकले जनाएको छ । हजार र ५०० दरका नोटमाथि भारतको केन्द्रीय सरकारले प्रतिबन्ध लगाएपछि ती नोटबारे सर्वसाधारण नेपालीमा अन्योल बढेपछि राष्ट्र बैंकले त्यस्तो जानकारी दिएको हो ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार मुलुकका बैंक तथा वित्तीय संस्थामा उक्त दरका नोटका ठूलो रकम छैन तर बैंकिङ प्रणालीमा नभए पनि साधारणसँग ठूलो रकम भएको अनुमान गरिएको छ ।

राष्ट्र बैंकले आजै निर्देशन जारी गरेर बैंक, वित्तीय संस्था एवम् मुद्रा सटही केन्द्रलाई उक्त दरका नोटको कारोबार नगर्न निर्देशन दिएको थियो । त्यस्तै भारतीय केन्द्रीय बैंकलाई नेपालमा रहेको भारुको व्यवस्थापनका विषयमा पत्राचार गर्ने निर्णय गरेको थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार राष्ट्रका नाममा सम्बोधन गर्दै जाली नोटलाई निरुत्साहित गर्न भारु ५०० र एक हजारका नोट पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेका थिए ।

उनले सम्बोधनका क्रममा सर्वसाधारणले यही नोभेम्बर १० देखि डिसेम्बर ३० सम्ममा आफूसँग भएका उक्त दरका नोट बैंक तथा हुलाकमार्फत जम्मा गर्न आग्रह गरेका छन् । रासस

टिप्पणीहरू