समाचारको खण्डन नगरी नेताले पिएमार्फत दिए पत्रकारलाई गाली

समाचारको खण्डन नगरी नेताले पिएमार्फत दिए पत्रकारलाई गाली

जहिल्यै प्रदेश सभामा नैतिकवान, आचरणका कुरा गर्ने काँग्रेस नेता जीवनबहादुर शाहीले आफूविरुद्ध समाचार लेखेको बताउँदै स्वकीय सचिवमार्फत सामाजिक सञ्जालमा गाली गर्न लगाएका छन् ।

मिडियामा सरकारी प्राडोमा रातो नम्बर प्लेट,काँग्रेस नेतालाई दिए मुख्यमन्त्रीले गाडी उपहार शीर्षकमा समाचार आएको थियो ।

समाचारका बारेमा चित्त नबुझे विद्यमान कानूनी व्यवस्थाअनुसार अघि बढ्नुपर्नेमस उनले आफ्ना स्वकीय सचिव राजबहादुर रोकायालाई सामाजिक सञ्जालमा तथानाम गाली गर्न लगाएको पाइएको हो ।

‘उनी आफै त्यसरी लेख्न सक्ने मान्छे होइनन्”,रोकाया निकट स्रोतले भन्यो, ‘जीवन शाहीले नै लेख्न लगाएका कारण त्यस्तो लेख्नु भएको हो ।’

टिप्पणीहरू