बूढेसकालमा पाल्ने छोरा,बाबू मारेर जेलतिर

बूढेसकालमा पाल्ने छोरा,बाबू मारेर जेलतिर

रक्सी पिएको विवादले उग्ररूप लिएपछि छाेराले बाबुको हत्या गरेका छन । आज मोरङको सुनवर्षी ४ का ६८ वर्षीय टिनताल ताजपुरियालाई छाेरा दयालुले ढुंगा हानेर हत्या गरेका हुन् ।

बाबुछाेरावीच मादक पदार्थ सेवन (मापसे) गरेको विषयलाई लिएर विवाद भएको थियो ।

अभियुक्त ४० बर्षीय छोरा दयालुलाई मोरङ प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरी बाँकी अनुसन्धान प्रहरीले शुरु गरेको मोरङका निमित्त प्रहरी प्रवक्ता मञ्जिल मुकारुङले बताउनुभयो ।

शनिवार बिहान ६ बजेतिर सुतिरहेकै ओछ्यानमा पुगेर ढुङ्गाले बृद्ध बुबाको टाउकोमा हानेको खुलेको मुकारुङको भनाइ छ । छोराको ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका टिनताललाई उपचारका लागि विराटनगर कोशी अस्पताल ल्याइएको थियो । कोशीले उपचार सम्भव नहुने भन्दै भारतको सिलिगुडी अर्थात अरु नै सुविधा सम्पन्न अस्पतालमा रिफर गरिदियो । तर थप उपचारका लागि नलगिकन गम्भीर अवस्थाका उनलाई लगेर घरमै राखिएको थियो ।

डिएसपी मुकारुङका अनुसार टिनतालको आज (आइतबार) बिहान ५:३० बजेतिर आफ्नै घरमा मृत्यु भएको हो । कोशी अस्पतालले रिफर गरिदिए पनि कमजोर पारिवारिक आर्थिक अवस्थाका कारण बृद्धलाई थप उपचारका लागि परिवारका सदस्यले लैजान नसकेको पाइएको छ । खर्च अभावका कारण थप उपचार पाउन नसक्दा उनको मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार छोराले मापसे गरेर राति होहल्ला गर्न थालेसँगै टिनतालले सम्झाईबुझाई गर्दै हल्ला नगर्न भनेपछि बाबु–छोराबीच विवाद बढेको थियो ।

 

 

टिप्पणीहरू