आज २४ सय बढिमा कोरोना संक्रमण, २५ सय निको, २४ को ज्यान गयो

आज २४ सय बढिमा कोरोना संक्रमण, २५ सय निको, २४ को ज्यान गयो

कोरोनाबाट आज २४ जनाको ज्यान गएको छ । २ हजार ४ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार ५ सय १८ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको ७ हजार २ सय ३५ पीसीआर तथा ४ हजार ९ सय ९७ एन्टिजेन गरी १२ हजार २ सय ३२ जनामा परीक्षण गरिएको थियो ।

आज निको हुनेको संख्या संक्रमितभन्दा ४४ जना बढी देखिएको छ । त्यस्तै, आज मुलकभर ५० हजार ४ सय ५२ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू