सरकारको पत्रले भन्छ : हवाई उडानको जिम्मा स्वास्थ्य मन्त्रालयको

सरकारको पत्रले भन्छ : हवाई उडानको जिम्मा स्वास्थ्य मन्त्रालयको

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । तर,टाउको दुखेको औषधी नाइटोमा भनेझैँ प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय र मुख्य सचिवले प्रमाणित गरेको पत्रमा उक्त निर्णयको कार्यान्वयन गर्न अर्कै मन्त्रालयलाई आदेश दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै मुख्यसचिवले लेखेको पत्रमा हवाई उडान सञ्चालन गर्न सहजिकरणको लागि निर्देशित गरिएको छ । सुविधासम्पन्न राज्यको उपल्लो तहले गर्ने पत्राचारमा प्रयोग भएका भाषा, शव्द र वाक्यले यदाकदा जग हँसाउने गरेको छ ।

क्याबिनेटको पत्रानुसार स्वास्थ्य मन्त्रालयले हवाई उडान सञ्चालन गर्ने भए नागरिक उड्डयन मन्त्रालयको काम के हुने ? उक्त पत्रानुसार अब स्वास्थ्य मन्त्रालयले हवाई उडान र नागरिक उड्डयन मन्त्रालयले कोभिड महामारी रोकथाम,खोप व्यवस्थापन आदि कार्य गर्नुपर्ने भएको छ ।

टिप्पणीहरू