रातभर के को झलमल, केमा अलमल ?

भदौ २१ गते साँझ ७ बजेसम्म मालपोत कार्यालय खोलेर काम गरेको भन्दै प्रजिअको निर्देशनमा प्रहरीद्वारा नियन्त्रणमा लिइएका ६४ थान लिखत फिर्ता भएको छैन ।
भर्खरै गृहमा सरुवा भएका बालकृष्ण पन्थी र मालपोत प्रमुख घनश्याम उपाध्यायबीच ०७२ असार १५ गतेको एउटा निर्णयले सम्बन्ध बिग्रिएको थियो । नेपाल विद्युत् प्राधिकरण बनेपा शाखाले पाँचखाल नगरपालिकामा ५५ आना जग्गा खरिद गर्दै थियो । जग्गाको वास्तविक मूल्य ३७ लाख ५० हजार । शाखा प्रमुख नवलकिशोर गोइतले ८० लाख कमिसन मिलाएर मूल्य तेब्बर बनाएका थिए । मालपोत कर्मचारीलाई बंैकमा १२ लाख जम्मा गरिदिने प्रलोभन आउँदासमेत राज्यको ढुकुटी सिध्याउन हुँदैन भन्दै घनश्यामले रोकेका थिए । त्यही इख फेर्न पटक–पटक मालपोत प्रमुखलाई रिसइवी साँधिरहेका छन् । २१ भदौको घटनामा पनि प्रजिअले चोखो बन्दै विभागको टोली बोलाएर आफू पानीमाथिको ओभानो बन्न खोजेका हुन् ।
चन्दा नपाउँदा मोटरसाइकल चोरी
केही दिनअघि । विर्तामोडको प्रहरी टोली पश्चिम बस स्ट्यान्डमा नियमित चेकिङमा थियो । एन्टाइसर मोटरसाइकल हुइँकिएर आयो । प्रहरीले बाटो छेकेरै मोटरसाइकल रोके । चालकसँग कागजपत्र मागे । प्रहरीको नजरमा शंकास्पद ती चालकले कागजपत्र बोक्न बिर्सिएको बताए । प्रहरी टोलीले मोटरसाइकल नियन्त्रणमा लियो, चालकलाई कागजपत्र लिएर आउनू भन्यो ।
भोलिपल्ट बिहानै एक जना व्यक्ति इप्रका विर्तामोड आए, मोटरसाइकल चोरी भएको निवेदन दिन । प्रहरीले अघिल्लो दिन नियन्त्रणमा लिइएको मोटरसाइकल देखाए । अचम्म ! त्यो मोटरसाइकल इलाका प्रहरी कार्यालयमै रहेछ । ‘हराएको निवेदन आउनुभन्दा अगाडि नै हामीले मोटरसाइकल फेला पारेछौं,’ इप्रका विर्तामोडका इन्स्पेक्टर मधु थापाले भने ।
चाडपर्व नजिकिँदै छ । गाउँ–सहरमा चोरीका घटना बढ्दो छ । दसैं–तिहार नजिकिन थालेपछि चोर सल्बलाउन थाल्छन् । झुक्याएर गहना लुट्न थालेका छन्, चोरीमा संलग्नहरूले ।
१२ भदौको कुरा हो । विर्तामोडस्थित निर्मल गिरीको घरमा दुई जना युवा चन्दा माग्न आए । आमाले भनिन्, ‘गाविस या नगरपालिकाले बनाइदिएको पत्र लिएर आउनू अनि दिउँला ।’ ती युवा चुपचाप फर्किए ।
भोलिपल्टै बिहान निर्मलको घरबाट मोटरसाइकल चोरी भयो । भिनाजु इँटाभट्टा निवासी ईश्वर गिरी पनि राति ससुराली आएका थिए । निर्मल र ईश्वरको मोटरसाइकल एकैचोटि चोरी भयो ।
प्रहरीले मोटरसाइकलसहित चोरीमा संलग्न ६ जनालाई पक्राउ ग¥यो । निर्मलकी आमा इलाका प्रहरी कार्यालय गएर अनुहार हेरिन् । र, छोरालाई भनिन्, ‘बाबु, अस्ति चन्दा माग्न आउने यिनीहरू नै हुन् ।’
पक्राउ पर्नेमा चन्द्रगढी–८ का २८ वर्षीय अशोक राजवंशी, विर्तामोड–२ का १९ वर्षीय सईदुल सेख, भारत दार्जिलिङका २१ वर्षीय जीवन राजवंशी, भारत किसनगञ्जका २१ वर्षीय मोहमद साईदुन, झापा हल्दिबारी–१ का २० वर्षीय राम भारती र भद्रपुर–१३ का २० वर्षीय दीपक राय छन् । प्रहरीले उनीहरूको साथबाट १० थान पल्सर मोटरसाइकलसमेत बरामद गरेको छ ।
राति झ्याल खुल्लै राखेर सुत्दा मोबाइल, पर्स, क्यामेरा, घडी, कपडालगायत चोरी हुन सक्ने भएकाले सचेत रहन अनुरोध गर्छन्, इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी खड्कबहादुर खत्री ।

टिप्पणीहरू