कोरोनाबाट आज ४१ को निधन, ४५ सय संक्रमित, ४९ सय निको « Jana Aastha News Online
Logo
६ माघ २०७८, बिहीबार
|  Thu Jan 20 2022

कोरोनाबाट आज ४१ को निधन, ४५ सय संक्रमित, ४९ सय निको

प्रकाशित मिति :  ८ असार २०७८, मंगलवार १७:०६


कोरोना संक्रमणको कारण आज ४१ जनाको ज्यान गएको छ । ४ हजार ५ सय २२ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ९ सय ५४ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको १२ हजार २ सय ४ पीसीआर तथा ४ हजार ७ सय ९ एन्टिजेन गरी १६ हजार ९ सय १३ जनामा परीक्षण गरिएको थियो ।

आज संक्रमितभन्दा ४ सय ३२ जना बढी निको भएका छन् । त्यस्तै, आज मुलकभर ५४ हजार १ सय ८० जना सक्रिय संक्रमित रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !